२८ असार २०८३, आइतबार

बागमतीका निलम्बित मेयर भरत थापाको मुद्दामा फैसला, गैरकानूनी सम्पत्ति आर्जनमा एक वर्ष कैद

साउन २१, २०८२
काठमाडौं
बागमतीका निलम्बित मेयर भरत थापाको मुद्दामा फैसला, गैरकानूनी सम्पत्ति आर्जनमा एक वर्ष कैद

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाको फरक फरक मुद्दामा विशेष अदालतले फैसला सुनाएको छ ।

बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले एउटा मुद्दामा एक वर्ष कैद सजाय निर्धारण गरेको छ भने अर्को मुद्दाको सजाय निर्धारणका लागि यही साउन २९ गते पेसी तोकेको  छ।

थापा गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका हुन् । उनलाई यो मुद्दामा एक वर्ष कैद र बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रूपैयाँ २३ पैसा जरिवाना तोकिएको छ । 

नदीजन्य पदार्थ हानिनोक्सानी गरेको मुद्दामा पनि उनलाई कसुरदार ठहर गरिएको छ । जुन मुद्दामा सजाय निर्धारणका लागि साउन २९ मा पेस गर्न आदेश भएको छ । 

यो मुद्दामा थापासहित विमल कुमार पोखरेल र सागर पौडेल कसुरदार ठहर भएका हुन् । 

अन्य प्रतिवादीहरू लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले आरोपदावी बमोजिमको कसुर गरेको मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि हुन नआएको भन्दै उनीहरूलाई सफाइ दिइएको छ । 

यसैगरी, गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा थापा र उनका एकासगोलका अन्य प्रतिवादीको समग्र आय व्ययको सम्बन्धमा मूल्यांकन गर्दा समग्र जाँच अवधिको कूल आय ९ करोड १४ लाख ३१ हजार ३ रूपैयाँ ९१ पैसा र कूल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रूपैयाँ १४ देखिएको अदालतको फैसलामा उल्लेख छ ।

‘तसर्थ, निज प्रतिवादीको आयभन्दा व्यय बढी देखिएको रू. ३,४५,२२, ३८७/२३ बराबरको सम्पत्ति निज प्रतिवादीले गैरकानूनी रूपमा आर्जन गरेको देखिन आई निज प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) वमोजिमको कसूर गरेको पुष्टि भएकोले..’, विशेषले भनेको छ, ‘निज प्रतिवादी भरतकुमार थापालाई सोही दफा २० को उपदफा (२) बमोजिम १ (एक) वर्ष कैद र बिगो बराबर रू. ३,४५,२२,३८७/२३ जरिवाना हुने ठहर्छ । साथै, आरोपपत्रमा दाबी गरिएकोमध्ये उक्त विगो रू.३,४५, २२, ३८७/२३ बराबरको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत उक्त ऐनको दफा ४७ बमोजिम जफत हुने ठहर्छ ।’

थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनी माओवादी केन्द्रबाट निर्वाचित मेयर हुन् ।

null

 

salt training

कमेन्ट गर्नुहोस्