१९ असार २०८३, शुक्रबार

बहुदलपछि एमालेमा ५ र कांग्रेसमा चारपटक पटक नेतृत्व फेरियो, माओवादीमा सधैं प्रचण्ड : शंकर पोखरेल

साउन २२, २०८२
काठमाडौं
बहुदलपछि एमालेमा ५ र कांग्रेसमा चारपटक पटक नेतृत्व फेरियो, माओवादीमा सधैं प्रचण्ड : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बहुदलपछि सबैभन्दा बढी नेतृत्व फेरिनेमा एमाले पहिलो भएको बताएका छन् ।

बिहीबार बिहानै फेसबुकमा स्टाटस लेख्दै उनले बहुदलपछि एमालेमा ५ पटक नेतृत्व फेरिएको उल्लेख गरेका छन् ।  

कांग्रेसमा ४ पटक र माओवादीमा नफेरिएको उनको स्टाटसमा उल्लेख छ । 

एमालेमा मदन भण्डारी, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली अध्यक्ष बनेको पोखरेलले लेखेका छन् । कांग्रेसमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र हाल शेरबहादुर देउवा रहेको बताएका छन्।

यता माओवादीमा भने पुष्पकमल दाहाल नै नेतृत्वमा रहेको उनले लेखेका छन् । प्रचण्ड झण्डै चार दशकदेखि पार्टीको नेतृत्वमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्