२५ जेठ २०८३, सोमबार

भारतीय विदेश सचिव नेपाल आउँदै

साउन २२, २०८२
काठमाडौं
भारतीय विदेश सचिव नेपाल आउँदै

भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने चर्चा भैरहेका बेला अगष्ट १७ अर्थात् आगामी भदौ १ गते उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । 

स्रोतका अनुसार नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने छन् । 

प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।

यद्यपि, भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्