०३ साउन २०८३, आइतबार

महासंघको अल्टिमेटम सकिएपछि शिक्षा समिति बैठक बस्दै, आज जुट्ला त विधेयकमा सहमति ?

साउन २२, २०८२
काठमाडौं
महासंघको अल्टिमेटम सकिएपछि शिक्षा समिति बैठक बस्दै, आज जुट्ला त विधेयकमा सहमति ?

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न आज शिक्षा समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहीबार दिउँसो २ बजे बोलाइएको छ। 

बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुने छ । यसअघि पटक-पटक बसेका बैठकमा पनि विधेयकमा सहमति जुट्न सकेको छैन ।  तर, आजको बैठकमा सहमति जुटाउनेगरी तयारी भैरहेको समितिका एक सदस्यले बताए । 

सरकारले आन्दोलनरत शिक्षकहरूसँग असार १५ गतेसम्म विधेयक संसद्‌बाट पारित गर्ने सहमति गरेको भए पनि अझै विधेयकमा सहमति जुट्न सकेको छैन । 

त्यसपछि शिक्षक महासंघले विधेयक पारित गर्न साउन २१ सम्मको अल्टिमेटम दिएको थियो । जुन हिजै सकिएको छ । 

यसअघि बुधबार विधेयकमा सहमति जुटाउन दलहरूबीच छलफल भएको थियो । समितिमा रहेका सदस्यहरूबीच मंगलवार पनि छलफल भएको थियो ।

शिक्षकहरूले आन्तरिक प्रतिस्पर्धाको कोटा ७५ प्रतिशत बनाउन दबाब सृजना गरे पनि समितिमा सहमति जुट्न नसकेको हो । अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्दा कूल दरबन्दीको ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट गर्ने प्रावधानसहित विधेयकमा सहमतिको प्रयास भइरहेको समिति स्रोतले बतायो ।

यसअघि असार २२ गते नै विधेयक पारित गर्ने तयारी भए पनि सरकारले समय माग गरेका कारण रोकिएको थियो । शिक्षा मन्त्री रघुजी पन्तले समय माग गरेपछि समितिले अन्तिम पटकका लागि भन्दै ५ दिनको समय दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्