२७ जेठ २०८३, बुधबार

झापामा लागूऔषधसहित दुई जना पक्राउ

साउन २२, २०८२
झापा
झापामा लागूऔषधसहित दुई जना पक्राउ

झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषधजन्य औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कमल-६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आएका बगालेको मङ्गलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो ।

बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधि फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

उनका अनुसार दमकमा औषधि पसलको थोक बिक्रेता गर्दै आएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्