३१ जेठ २०८३, आइतबार

धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने करेन्ट लागेर किसानको मृत्यु

साउन २३, २०८२
सप्तरी
धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने करेन्ट लागेर किसानको मृत्यु

आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ । 

स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ ।

उनका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्