२५ जेठ २०८३, सोमबार

सप्तरीबाट ३९६ किलो गाँजा बरामद

साउन २३, २०८२
सप्तरी
सप्तरीबाट ३९६ किलो गाँजा बरामद

सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको सो गाँजा बरामद गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्