
स्थानीय कपलेश्वर माझीको गाईगोठबाट अचानक सल्केको आगोले निजको एउटा घर तथा छिमेकी गजेन्द्र माझीको गाईगोठ गरी दुईवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
आगलागी कुन कारणले भएको खुल्न नसकेको बताइएको छ ।
आगलागीबाट गाई गोठभित्र रहेको एक थान ट्र्याक्टर, एक थान थे्रसर तथा एक थान साइकल, अन्नपात, भाडावर्तनसहित नगद जिन्सी गरी रु १७ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।