०२ असार २०८३, मंगलबार

भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

साउन २३, २०८२
बाजुरा
भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुराको बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै आज दिउँसो भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब  उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।  भिरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो ।

सोही ठाउँमा बिहीबार राति पनि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको सात सय मिटर तर खोँचमा खसेर मृत्यु भएको थियो । ओझाको शव निकाल्न जिल्लाबाट तालिमप्राप्त सुरक्षाकर्मीको टोली घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । 

salt training

कमेन्ट गर्नुहोस्