
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार र पहुँचविहीन दुर्गममा नै बस्न बाध्य हुनु परेको भन्ने गुनासाका चाङ लाग्न थालेका छन् । कतिपय कर्मचारीको सात वर्षदेखि दुर्गम स्थानीय तहमा नै बस्दा पनि सरुवा नभएको तर पहुँचमा भएका कर्मचारी भने सधैँ सिंहदबार आसपासका कार्यालयमा घुमिरहेका लगायत गुनासा मन्त्रालयमा आएका छन् ।
मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना भएसँगै कर्मचारीको सरुवासम्बन्धी गुनासाका चाङ लाग्न थालेको खबर गोरखापत्रले छापेको छ ।