
काठमाडौंको नयाँबस्तीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका- ५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
प्रहरीका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।