१५ असार २०८३, सोमबार

सुनसरी दुर्घटना अपडेट : मृतक ३ जनाको सनाखत

साउन २६, २०८२
सुनसरी
सुनसरी दुर्घटना अपडेट : मृतक ३ जनाको सनाखत

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बस र माइक्रोबस एक-आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो ।

मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङ्कर मण्डल, कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको विराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

त्यसैगरी उक्त दुर्घटनामा अन्दाजी ४५/५० वर्षीया एक महिलाको पनि मृत्यु भएको तर उनको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एक-आपसमा ठोक्किएका हुन् ।

माइक्रोबसमा १८ जना सवार थिए । उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए ।

यसैगरी दुर्घटनामा घाइते अन्यको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्