२५ जेठ २०८३, सोमबार

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

साउन २६, २०८२
काठमाडौं
नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

बाँके र बर्दियाका जनप्रतिनिधि, उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनका लागि उनीहरूले आग्रह गरेका हुन् ।​ 

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने बताए ।

उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन आग्रह गरे ।

null

salt training

कमेन्ट गर्नुहोस्