२८ जेठ २०८३, बिहीबार

रिहाइ माग गर्दै रविले दायर गरेको निवेदनमा सुनुवाइ

साउन २६, २०८२
बुटवल
रिहाइ माग गर्दै रविले दायर गरेको निवेदनमा सुनुवाइ

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत, रुपन्देहीमा दायर गरेको निवेदनमाथि अहिले सुनुवाइ भइरहेको छ । 

सुप्रिम सहकारी बुटवलको बचत अपचलन र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भइरहेको छ । 

अदालतका सूचना अधिकारी तथा शाखा अधिकृत पदम अर्यालले रविको निवेदनमाथि सुनुवाइ सकिए सोमबार नै आदेश आउन सक्ने सम्भावना रहेको लोकान्तरलाई जानकारी दिए ।

सुनुवाइपछि लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा थुनामुक्त गर्ने कि थुनामै राख्ने भन्ने आदेश आउने सूचना अधिकारी अर्यालको भनाइ छ । 

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । 

लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रूपैयाँको बैंक जमानत पनि निवेदनसँगै पेस गरेका थिए ।  सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी जिल्ला कारागार रुपन्देही (भैरहवा)मा छन् ।

salt training

कमेन्ट गर्नुहोस्