२९ जेठ २०८३, शुक्रबार
मदन-आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा ओली

‘पाखण्डीको ग्रिप’मा जानबाट जोगिएको मदन भण्डारी फाउन्डेसन के हुन्छ, अन्योल भयो- ओली

साउन २६, २०८२
काठमाडौं
‘पाखण्डीको ग्रिप’मा जानबाट जोगिएको मदन भण्डारी फाउन्डेसन के हुन्छ, अन्योल भयो- ओली

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको भविष्यबारे चिन्ता व्यक्त गरेका छन् । फाउन्डेसनका पदाधिकारीका अभिव्यक्तिले गर्दा अन्योल बढाएको उनले बताए ।

 मदन-आश्रित​ स्मृति प्रतिष्ठानले सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मदनको जन्मजयन्ती मनाउन नपाइएको बेला बनेको संस्था अहिले पार्टी हित विपरीत लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘मदन-आश्रितको जन्मदिन मनाउन नपाइने स्थिति बन्यो, श्रद्धाञ्जली दिन नपाइने अवस्था भयो । जन्मदिनको अघि विकृतिपूर्ण लेख लिडरसीपबाट लेखिने र प्रकाशित हुन थालेपछि एउटा संस्था बनाउनु पर्‍यो भनेर जन्मिएको हो मदन भण्डारी फाउन्डेसन’ ओलीले भने, ‘मदनका विचारसँग असहमत रहेर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रिपमा नगएको हो, पार्टी र आन्दोलनको पक्षमा हो ।’

तर फाउन्डेसनको भविष्यबारे आशंका जन्मिएको उनले बताए । ‘आगामी दिनमा के हुन्छ हेर्नुपर्ने अवस्था बनेको छ, कसरी जान्छ त्यो । त्यसका पदाधिकारीको अभिव्यक्ति, आदि कुरा हेर्दा कसरी जाने हो त्यो भन्ने अन्योल छ’, ओलीले भने ।

फाउन्डेसनको ब्यानरमा पूर्वराष्ट्रपति विद्या भण्डारीले कार्यक्रम गरिरहेकी छन् । फाउन्डेसनको अध्यक्ष भण्डारीकी छोरी छन् ।

माधव कुमार नेपालको नामै उल्लेख नगरी ओलीले प्रतिष्ठान बनाएर आफ्नो स्वार्थपूर्तिमा लागेको टिप्पणी गरे । 

‘पार्टीले नै पुष्पलाल प्रतिष्ठान गठन गर्‍यो, केही व्यक्तिले पद छाड्दै नछाड्ने गरेर आफ्नो ग्रिपमा राख्ने, व्यक्तिको ठगीखाने भाँडोको रूपमा त्यो खालको अवलम्बन गर्ने काम भएको छ’, ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्