१९ असार २०८३, शुक्रबार

बसमा अचेत भेटिएका वृद्धको मृत्यु

साउन २६, २०८२
तनहुँ
बसमा अचेत भेटिएका वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसमा भेटिएका एक वृद्धको आज मृत्यु भएको छ ।

कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेका इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

बसबाट झारेपछि प्रहरीले उद्धार गरेर जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए ।

गगनगौंडाबाट उनी बन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्