२८ जेठ २०८३, बिहीबार

पशुपति आर्यघाटका घाटे ब्राम्हणको बयान- पूजा गर्नुछ भनेपछि कपुरको बट्टामा मासुको टुक्रा र खरानी दिएको हुँ

साउन २६, २०८२
काठमाडौं
पशुपति आर्यघाटका घाटे ब्राम्हणको बयान- पूजा गर्नुछ भनेपछि कपुरको बट्टामा मासुको टुक्रा र खरानी दिएको हुँ

पशुपति आर्यघाटमा एक जनाको शवबाट मासुको टुक्रा झिकिएको विषयमा प्रकाउ परेका घाटे ब्राम्हणले आरोप स्वीकार गरेका छन् । 

उनले प्रहरीसँगको बयानमा एक व्यक्तिले पूजा गर्नुछ भनेपछि कपुरको बट्टामा खुट्टाको मासुको टुक्रा र खरानी राखेर दिएको बताएका छन् । 

गत शुक्रबार काभ्रेको बनेपा-९ का राम शाहीको जलाउँदा जलाउँदैको शवबाट मासुको टुक्रा र खरानी बिक्री गरेको आरोपमा घाटे ब्राम्हण गणेश ढकाल र उनका सहयोगी उदयपुरका विनायक मैनाली हाल प्रहरी वृत्त गौशालामा छन् । 

उनीहरूलाई प्रहरीले सूक्ष्म ढंगबाट केरकार गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी आफैं गौशाला वृत्त पुगेर ढकाल र उनका सहयोगीमाथि केरकार गरेका थिए ।

ढकालले बयानमा भनेका छन्,‘मलाई कसैले आएर पूजा गर्नुछ सानो मासुको टुक्रा र खरानी देउ भन्यो, मैले के नै होला र भनेर दिएँ । मेरो हातमा ४०० थमाइदियो र हिँड्यो ।’

शवको अवशेष बिक्री गर्नु कानून विपरीत हो भन्ने थाहा छैन ? भन्ने प्रश्नमा ढकालले प्रहरीसँग भनेका छन्, ‘अकस्मात् म छेउ आएर चिन्दै नचिनेको मान्छेले सानो मासुको टुक्रा र खरानी देउ भन्यो । मलाई पनि अचम्म लाग्यो, कस्तो पूजा रहेछ भन्ठानेँ, मैले दिएँ । ऊ हिँडिहाल्यो, मलाई मलामीले घेरिहाले ।’ 

प्रहरीले पाशुपत क्षेत्रमा राखिएका सीसीटीभी मनिटरिङ गरिरहेको छ । सीसीटीभीमा देखिएका शंकास्पद व्यक्तिलाई ढकाललाई देखाएर सोधिरहेको छ ।

परिसर प्रमुख एसएसपी अधिकारीले भने, ‘यो घटना बाहिर आएपछि हामी पनि आश्चर्य चकित पर्‍यौं, म आफैं गौशाला पुगेर ढकाललाई केरकार गर्दा बाहिर हल्ला फिँजाएजस्तो ठूलो हड्डी र मासु बेचेको होइन भन्ने जवाफ दिए । हामी अनुसन्धान गर्दैछौं ।’

salt training

कमेन्ट गर्नुहोस्