२४ जेठ २०८३, आइतबार

ट्रम्पले वाशिंगटनको सडकमा ८०० सैनिक किन तैनाथ गरे ?

साउन २७, २०८२
काठमाडौं
ट्रम्पले वाशिंगटनको सडकमा ८०० सैनिक किन तैनाथ गरे ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै ८०० नेसनल गार्ड (सैनिकहरू) तैनाथ गरेका छन् । शहरमा आपराधिक गिरोहहरूलाई नियन्त्रणमा लिन सैनिक परिचालन गरिएको बीबीसीले जनाएको छ । 

यसअघि, राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट अफ कोलम्बियालाई होम रूल ऐनको प्रयोग गरी वासिङ्टन डीसी प्रहरी विभागलाई केन्द्रीय नियन्त्रणमा लिएको बताएका थिए ।

ट्रम्पले वासिङ्टन डीसीमा हत्याको दर पृथ्वीको सबैभन्दा खराब स्थानमाभन्दा पनि उच्च रहेको र कार चोरीका घटनाहरूमा समेत वृद्धि भएको बताएका थिए ।

तर, सहरकी मेयर मुरियल बोउजरले राष्ट्रपतिका अपराधसम्बन्धी दाबीहरूलाई अस्वीकार गर्दै सन् २०२३ मा अपराधमा वृद्धि भएको भए पनि तथ्यांकले त्यसयता अपराध घटेको बताएकी छन् । सहरमा हिंसात्मक अपराध पनि ३० वर्षकै न्यून बिन्दुमा रहेको बताइएको छ ।

जबकि तथ्याङ्कले पहिले नै वाशिंगटन डीसीमा अपराध घट्दै गएको देखाएको छ । सन् २०२४ मा हिंसात्मक अपराध ३५ प्रतिशतले घट्यो देखिन्छ । 

अमेरिकामा यो सैनिक बल सामान्यतया विपत्ति, ठूला दंगा वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित परिस्थितिहरूमा तैनाथ गरिन्छ । 

२०२० मा ब्ल्याक लाइभ्स म्याटर विरोध प्रदर्शनको क्रममा, ट्रम्प प्रशासनले सयौं गार्डहरू तैनाथ गरेको थियो, जब पुलिस र प्रदर्शनकारीहरू बीचको भिडन्त चरम सीमामा थियो । २०२१ मा जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगापछि सुरक्षाको लागि हजारौं राष्ट्रिय गार्डहरू तैनाथ गरिएको थियो । 

१९६८ मा मार्टिन लुथर किंग जूनियरको हत्या पछि डीसीमा हिंसा भड्किएपछि गार्डहरू पनि सडकमा उत्रिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्