२८ जेठ २०८३, बिहीबार

पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन

साउन २७, २०८२
काठमाडौं
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन

नेकपा (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टी अनुशासन उल्लङ्घन हुनेगरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले निर्देशन दिएको हो । 

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्नेगरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए । 

'पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु,' उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्