२१ जेठ २०८३, बिहीबार

१३ जना डीएसपीको पदस्थापन

साउन २७, २०८२
काठमाडौं
१३ जना डीएसपीको पदस्थापन

प्रहरी निरीक्षक पदबाट बढुवा भई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा नियुक्त भएका १३ जनाको पदस्थापन गरिएको छ।

गृह मन्त्रालयको साउन २१ गतेको सचिवस्तरीय निर्णयअनुसार जनपद प्रहरी समूहका ती अधिकृतहरूलाई साउन २७ गतेदेखि लागू हुने गरी पदस्थापन गरिएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागका अनुसार, प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूलाई प्रचलित नियमअनुसार तलब, भत्ता पाउने गरी पदस्थापन/काज गरिएको हो।

सम्बन्धित कार्यालयहरूलाई पदस्थापनसम्बन्धी विवरण अभिलेखमा अद्यावधिक गर्न र आवश्यक कारबाही अघि बढाउन निर्देशन दिइएको छ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्