२१ जेठ २०८३, बिहीबार

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

साउन २८, २०८२
बाग्लुङ
चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनपछि सञ्चालानमा आएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार अबिरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो । 

सडक करिडोर आयोजना तथा निर्माण व्यवसायीको अवरुद्ध सडकमा यातायात सञ्चालन शुरू भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । 

पहिरो खुलाउन आइतबारबाटै थाले पनि ठूलो पहिरो भएकाले मङ्गलबार दिउँसोबाट सवारीसाधन चल्नेगरी सडक सञ्चालनमा ल्याइएको बताए । ठूला मालबाहक सवारी सञ्चालनका लागि थप चट्टान काट्ने काम समेत भइरहेको उनले बताए । पहिरोका कारण ४० मिटर सडकको ट्रयाक नै परिवर्तन गरेर सडक सञ्चालनमा ल्याइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्