०६ असार २०८३, शनिबार

प्लास्टिक प्रदूषण अन्त्यका लागि युरोपेली सङ्घ तयार

साउन २८, २०८२
काठमाडौं
प्लास्टिक प्रदूषण अन्त्यका लागि युरोपेली सङ्घ तयार

युरोपेली सङ्घले प्लास्टिक प्रदूषण अन्त्यका लागि विश्वव्यापी सन्धिमा सहमति जनाउन तयार रहेको स्पष्ट पारेको छ, तर अन्यायपूर्ण वा अविचारित सम्झौता आफूलाई मान्य नहुने बताएको छ ।
संयुक्त राष्ट्रसंघको आयोजनामा जिनेभामा भइरहेको बहुपक्षीय वार्ता अब दुई दिनमै टुङ्ग्याउनु पर्ने चरणमा पुगेको छ । यस्तो अवस्थामा युरोपेली सङ्घका वातावरण आयुक्त जेसिका रोस्वालले तेल उत्पादक मुलुक र प्लास्टिक नियन्त्रणको पक्षमा रहेका देशहरूबीच अब सहमतिको समय आएको बताइन् ।
उनले भनिन्,“हामी प्लास्टिक प्रयोग गर्छौँ र भविष्यमा पनि यसको आवश्यकता हुनेछ, तर प्लास्टिक प्रदूषणलाई सहन सकिँदैन । त्यसैले अब यस समस्यालाई यथाशीघ्र अन्त्य गर्नुपर्छ ।”

दुई पक्षबीच अझै ठूलो मतभेद रहेको देखिएको छ । साउदी अरेबिया, कुवेत, रसिया र इरान जस्ता तेल उत्पादन गर्ने देशहरू मिलेर बनेको समूहले सन्धि केवल फोहोर व्यवस्थापनमा सीमित राख्नुपर्ने अडान राखेका छन् । तर युरोपेली सङ्घसहित अन्य राष्ट्रहरू भने प्लास्टिकको उत्पादनमा नै नियन्त्रण गर्नुपर्ने र विषाक्त रसायनहरूको प्रयोग क्रमशः बन्द गरिनुपर्ने पक्षमा उभिएका छन् ।

डेनमार्कका वातावरण मन्त्री म्याग्नस हेइनिकेले दुई पक्षबीचको मतभेद गहिरिँदै गएको भए तापनि सहमतिको आवश्यकता अझै बढ्दै गएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्