०८ असार २०८३, सोमबार

लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध

साउन २८, २०८२
मुस्ताङ
लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध

पहिरोले जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड अवरुद्ध भएको छ । 

लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार सडक अवरुद्ध भएसँगै सवारी साधनहरू बाटोमै रोकिएका छन् । 

सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्