३१ जेठ २०८३, आइतबार

बर्दियामा किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

साउन २८, २०८२
बर्दिया
बर्दियामा किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

बर्दियामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका- ६ दमौली बस्ने ३६ वर्षीय शिवलाल सुनार छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

शिवलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्