२३ असार २०८३, मंगलबार
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

रविलाई प्रतिशोधको आरोपबारे ओलीको जवाफ– सत्तापक्षका मानिस थुनिएको पनि सरकारले भनेर हो ?

साउन २८, २०८२
काठमाडौं
रविलाई प्रतिशोधको आरोपबारे ओलीको जवाफ– सत्तापक्षका मानिस थुनिएको पनि सरकारले भनेर हो ?
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथि राजनीतिक प्रतिशोध साँधिएको भन्ने जबरजस्त भाष्य सृजना गरिएको बताएका छन ।

अदालतको आदेशबाट पूर्वमन्त्री, सांसद, मेयरलगायत थुनिएकोमा सरकारको कुनै भूमिका नहुने उनले बताए ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भीडद्वारा न्यायको हत्या गर्न खोजिएको बताएका हुन् । ‘लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने, अदालतले मुद्दा हेरिरहेको छ । विभिन्न व्यक्तिलाई अदालतले थुनामा पठाएको छ,’ ओलीले भने, ‘पुर्पक्षका लागि थुनामा पठाएका कुनै व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्ती भाष्य बनाउन खोजिएको छ ।’

लामिछानेलाई प्रतिशोध साँधिएको भन्ने रास्वपालाई ओलीले प्रतिप्रश्न गरे– ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्ति माथि के हो ? त्यो चाहि कानूनी कारबाही हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो ? सत्तापक्षका मान्छे थुनिएको सरकारले भनेर हो त ?’

संसद्‌मा झुटा कथा सृजना गरेर जनतालाई अनावश्यक बहसमा बहकाउने काम भइरहेको उनले बताए । ‘भीडद्वारा न्यायको हत्या गरेर अभियोग मुक्त हुन खोज्नेबाट समयले यसको जवाफ माग्ने छ । यस्ताको पछाडि लाग्ने भीड अचम्मको मात्र होइन दया लाग्दो छ,’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्