२२ जेठ २०८३, शुक्रबार

राजेन्द्र थापाको गीतलाई अम्बर गुरुङको भनेको पाठ्यक्रम विकास केन्द्रले सच्यायो गल्ती

साउन २८, २०८२
काठमाडौं
राजेन्द्र थापाको गीतलाई अम्बर गुरुङको भनेको पाठ्यक्रम विकास केन्द्रले सच्यायो गल्ती

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली किताबमा भएको एक त्रुटीलाई सच्याएको छ । कक्षा ९ को एउटा पाठमा ‘पोहोर साल खुसी फाट्दा’ भन्ने गीतको सन्दर्भमा भएको त्रुटि केन्द्रले सच्याएको हो । जहाँ उक्त गीतको रचनाकार राजेन्द्र थापा हुनुपर्नेमा अम्बर गुरुङ भनेर उल्लेख गरिएको थियो । 

‘कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकको पाठ ५ पृष्ठ संख्या ५४ को बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने....’ भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा सोको आधिकारिकता खोजी गर्दा उक्त गीतको रचना राजेन्द्र थापाले गर्नुभएको पुष्टि भएकाले पाठ्यपुस्तकमा सोहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकलाप गर्नु गराउनुहुन निर्णयानुसार अनुरोध छ’, बुधबार पाठ्यक्रम अधिकृत कुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पुस्तकमा अरुणा लामाको स्वर, अम्बर गुरुङको संगीत र राजेन्द्र थापाको शब्द रहेको उक्त गीत एक सन्दर्भमा राखेको थियो । तर, रचनाकार भनेर थापाको ठाउँमा गुरुङको नाम उल्लेख गरिएको पाइएपछि गीतकार थापाले विरोध जनाएका थिए । 

शिव परिवार, दीपक शर्मा लगायत संगीतकर्मीले पनि यसमा विरोध जनाएका थिए । नेपाल गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाको नेतृत्वमा एक प्रतिनिधि मण्डल उक्त त्रुटि सच्याउन माग गर्दै शिक्षा मन्त्रालय समेत पुगेको थियो । 

null

salt training

कमेन्ट गर्नुहोस्