१५ असार २०८३, सोमबार

ओरालो यात्रामा नेप्से : दोहोरो अंकले घट्यो, ६ अर्बको कारोबार

साउन २८, २०८२
काठमाडौं
ओरालो यात्रामा नेप्से : दोहोरो अंकले घट्यो, ६ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज पनि दोहोरो अंकले घटेको छ ।

बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ को विन्दुमा कायम भएको हो । साताको पहिलो कारोबारका दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा आज पनि गिरावट आएको हो ।

आज १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मङ्गलबार नेप्से परिसूचक २६.२२ अङ्कले घटेर २७९६.२४ को विन्दुमा बन्द भएको थियो । त्यसअघि सोमबार पनि परिसूचक २६.९० अंकले घटेको थियो ।

आज मायाखोला  हाइड्रोपावर कम्पनी, सानीमा लार्ज क्याप फन्ड, नेपाल रिपब्लिक मिडिया र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी नाफा कमाएका छन् ।

त्यस्तै, केबीएल डेभेन्चर २०८६, सिक्लेस हाइड्रोपावर, बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरू सर्वाधिक घाटामा रहेका छन् ।

कारोबारका आधारमा बलेफी हाइड्रोपावर ३४ करोड ११ लाख २१ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

बुधबार बजार पुँजीकरण ४६ खर्ब ५१ अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्