२२ असार २०८३, सोमबार

३० हजार धरौटी बुझाएर छुटेलगत्तै फेरि पक्राउ परे चक्रे मिलन

साउन २८, २०८२
काठमाडौं
३० हजार धरौटी बुझाएर छुटेलगत्तै फेरि पक्राउ परे चक्रे मिलन

काठमाडौं जिल्ला अदालतको आदेशमा ३० हजार रूपैयाँ धरौटी बुझाएर छुटेका चक्रे मिलन भनिने मिलन गुरुङ फेरि पक्राउ परेका छन् ।

उनी बुधबार साँझ काठमाडौं जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर छुटेका थिए । काठमाडौंमा उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो । 

अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटी बुझाएर छुटे लगत्तै चक्रेलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले चक्रेलाई ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गर्न भक्तपुर ल्याइएको लोकान्तरलाई जानकारी दिए । 

यसअघि यही साउन १६ गते चक्रपथस्थित होटल साम्बालामा जन्मदिन मनाइरहेका चक्रेसहित ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्