२४ जेठ २०८३, आइतबार

अब लर्‍याङतर्‍याङ गरेर हुँदैन, कामको गति बढाउनैपर्छ- प्रधानमन्त्री ओली

साउन २८, २०८२
काठमाडौं
अब लर्‍याङतर्‍याङ गरेर हुँदैन, कामको गति बढाउनैपर्छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको गति बढाउनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै कामको गति बढाउन भनेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन आग्रह गरे ।

‘अब लर्‍याङतर्‍याङ गरेर हुँदैन । सरकार चल्नका लागि त यसै पनि चल्छ तर देशमा परिवर्तन ल्याउने हो भने कामको गति बढाउनैपर्छ । स्वच्छता, पारदर्शिता र सुशासनका क्षेत्रमा व्यापक सुधार गर्दै जनतालाई प्रभावकारी रूपमा सेवा र सहुलियत दिनुपर्छ । विकासका काममा तीव्रता दिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यसका लागि कतै अवरोध छ भने हटाउनुपर्ने बताए । ‘प्रविधि र दक्षताको उपयोग गर्नुपर्छ । दिगो विकासका लक्ष्य पूरा गर्न, नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न र सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट हटाउन कसले के गर्नुपर्छ, त्यो तदारुकताका साथ गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने । 

salt training

कमेन्ट गर्नुहोस्