२३ असार २०८३, मंगलबार

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्ष विङ्गलको शिष्टाचार भेट

साउन २८, २०८२
काठमाडौं
ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्ष विङ्गलको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गरेका छन् । 

बुधबार भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसीसीको सहयोगप्रति आभार व्यक्त गरे । उनले एमसीसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गरे । 

मन्त्री खड्काले एमसीसी परियोजना शुरूआतसँगै, उच्च गुणस्तरको प्रसारणलाइन निर्माण हुने र नेपालले ऊर्जा विकासमा राखेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे । एमसीसी परियोजना कार्यान्वयनका लागि द्विपक्षीयसम्बन्ध सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने मन्त्री खड्काले बताए ।

एमसीसीका सहायक उपाध्यक्ष विङ्गलले एमसीसी परियोजनाको कार्यान्वयनका बारेमा जग्गा प्राप्ति, वनलगायतको समस्या सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गरे । 

भेटमा ऊर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवलगायत उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।     
 

salt training

कमेन्ट गर्नुहोस्