
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली पाठ्यपुस्तकमा रहेको एउटा गीतको रचनाकारको नाम सच्याएको छ।
वि.सं. २०७९ मा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली विषयको पाठ ५ (पृष्ठ ५४) को ‘बोध र अभिव्यक्ति’ खण्डको अभ्यास १३ मा उल्लेखित “यसपाली त मनै फाट्यो, केले सिउने, केले टाल्ने…” भन्ने गीतका रचनाकार अम्बर गुरुङको रूपमा उल्लेख गरिएको थियो।
तर, केन्द्रले सो गीतको आधिकारिक स्रोत खोज्दा वास्तविक रचनाकार राजेन्द्र थापा भएको पुष्टि भएको जनाएको छ। त्यसअनुसार पाठ्यपुस्तकमा नाम सच्याइएको र अब अद्यावधिक तथ्यअनुसार शिक्षण–सिकाइ गतिविधि सञ्चालन गर्न सम्बन्धित विद्यालयहरूलाई बुधबार एक सूचनामार्फत अनुरोध गरिएको छ।