
बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
प्रदेशसभाको विशेष समयमा प्रदेशसभा सदस्यहरूले विभिन्न राष्ट्रिय सरोकारका विषयमा उठाभएका प्रश्नहरूको उत्तरमा मुख्यमन्त्री बानियाँले भ्रष्टाचारमुक्त प्रदेश बनाउने, आफूले जनतासमक्ष झुठा आश्वासन नदिने र प्रचारमुखी नभइ परिणाममुखी हुने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले उत्तर दिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजको बैठक स्थगित गर्दै प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरे ।
यसैगरी, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसदीय दलको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादेलाई, संसदीय दलको प्रवक्तामा सुरजचन्द्र लामिछानेलाई र सदस्य सचिवमा मिनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् ।