२२ जेठ २०८३, शुक्रबार

धनुषामा गोली प्रहार गरेर दुई लागूऔषध कारोबारी पक्राउ

साउन २९, २०८२
धनुषा
धनुषामा गोली प्रहार गरेर दुई लागूऔषध कारोबारी पक्राउ

धनुषा प्रहरीले गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का पप्पु साह र सेली देवी राम रहेका छन् । 

दुवैलाई हिजो मिथिला नगरपालिका–२ नक्टाझिजबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । 

उनीहरूका साथबाट प्रहरीले दुई सय ग्राम ब्राउनसुगर बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा बा८७ना ९६७ नंको मोटरसाइकल चेक गर्दा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । 

प्रहरीले एक राउन्ड हवाई फायर गर्दा पनि नरोकिएपछि अर्को राउन्ड प्रहार गर्दा पप्पुको खुट्टामा लागेको थियो । घाइतेको जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्