
तनहुँको डुम्रेमा बस र माइक्रोबस एक आपसमा ठोक्किएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बागमती प्रदेश ०१-००६ ख ६५०३ नम्बरको ईभी माइक्रोबस काठमाडौंबाट दमौलीतर्फ आउँदै थियो भने विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७३२९ नम्बरको बस एक आपसमा ठक्कर खाएका थिए ।
तनहुँ प्रहरीका अनुसार घाइतेमध्ये ८ जनालाई उपचारार्थ भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएको छ । त्यस्तै, चार घाइतेलाई मणिपाल अस्पताल पोखरा, एक जनालाई दमौलीकै रत्नहरि अस्पताल र ८ जनालाई तनहुँ डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।