
आफूले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै रास्वपाका पूर्वमहामन्त्री मुलुक ढकालले पूर्णपाठ प्राप्त भएपछि आवश्यक कदम चाल्ने बताएका छन्।
ढकालका अनुसार अदालतको फैसलाको पूर्ण पाठ अझै सार्वजनिक नभएकाले त्यसलाई प्राप्त गर्न केही समय लाग्नेछ। उनले भने, “पूर्ण पाठ प्राप्त भएपछि म आवश्यक कदम चाल्नेछु। तर, कानुनले दिएको अन्तिम अवसरसम्म म आफ्नो लडाइँ जारी राख्नेछु।”
रवि लामिछानेलाई पूर्पक्षका लागि थुनाउने र आफ्नो रिट खारेज गर्ने न्यायाधीश एउटै व्यक्ति भएको उल्लेख गर्दै ढकालले न्यायालयको निर्णयप्रति सम्मान व्यक्त गरे। उनले भने, “हिजो पनि, आज पनि अदालत सही नै छ। न्यायाधीशहरू न्याय मूर्ति नै हुन्। अदालतलाई विवादमा ल्याउनु हुँदैन, सुधार संविधान र कानुनका माध्यमबाट गर्नुपर्छ।” रास्वपाको महामन्त्री आफू नै भएको जिकिरसहित उनले सर्वोच्चमा रिट दायर गरेपनि अदालतले तयसलाई खारेज गरिदिएको हो ।