१४ असार २०८३, आइतबार

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

साउन २९, २०८२
पर्सा
पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा कृषि सामग्री कम्पनी, साल्टटेडिङ कर्पाेरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार राति सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा सरकारी अनुदानको रासायनिक मल जम्माखोरी गरी राखेको र बजार मूल्यभन्दा धेरैमा बिक्री गरेको गुनासोका आधारमा अनुगमन गर्दा दुई स्थानबाट १९१ बोरा मल बरामद भएको हो । 

साल्ट्रटेडिङ कर्पाेरेसन प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले अनुगमनका क्रममा सरकारी अनुदानको मल गलत ढङ्गले बिक्रीवितरण गर्दै आइरहेको अनुगमनका क्रममा सो मल बरामद् भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्