०९ असार २०८३, मंगलबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

साउन ३०, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका- ५ हाँडीगाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका- १२ घर भएका ६५ वर्षीय गोकुल श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साबाट २०८२ असार १८ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बल्खुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्