०४ साउन २०८३, सोमबार

ज्यान मार्ने उद्योग कसुरमा धरौटीमा छुटे चक्रे

साउन ३०, २०८२
काठमाडौं
ज्यान मार्ने उद्योग कसुरमा धरौटीमा छुटे चक्रे
फाइल फोटो

गुण्डा नाइके भनिएका चक्रे मिलन भनिने मिलन गुरुङ भक्तपुर जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका छन् ।

भक्तपुरका जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

बिहीबार मुद्दाको सुनुवाइ नभ्याएपछि शुक्रबार बयान र थुनछेक सकेर उक्त आदेश जारी गरिएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेका अनुसार तोकिएको धरौटी चक्रेले बुझाइसकेकाले उनी छुटेका हुन् ।

आफ्नो भतिज मनीष रायमाझीलाई २०८१, भदौ १० मा सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले चक्रेसहितका विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

मनीषका काका दिनेशका अनुसार सर्लाहीको हरिवन नगरपालिका– ४ घर भएका अजित खवाससहितका व्यक्तिले मनीषमाथि आक्रमण गरेका थिए । चक्रेकै निर्देशनमा आक्रमण भएको मनीषको जाहेरीमा उल्लेख थियो ।

गत बुधबार मात्र अभद्र व्यवहार कसुरमा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका चक्रे ज्यान मार्ने उद्योग कसुरमा भक्तपुर जिल्ला अदालतबाट पनि छुटेका हुन् ।

बुधबार काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटे लगत्तै भक्तपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्