
भगवती जात्राको अवसरमा भदौ १ गते पाल्पामा सार्वजनिक बिदा दिइएको छ ।
लुम्बिनी प्रदेश सरकारले २०८१ चैत १४ गतेको निर्णयअनुसार २०८२ भदौ १ गते आइतबार जिल्लाभर बिदा दिने निर्णय गरेको अधिकृत भुपबहादुर मल्लद्वारा जारी सूचनामा उल्लेख छ ।
नेपाल–अंग्रेज युद्धको सम्झना स्वरूप पाल्पाको तानसेनमा भगवती जात्रा धुमधामका साथ मनाइँदै आइएको छ ।
