०६ असार २०८३, शनिबार

चुनावी हस्ती–जसले आधा लाख भन्दा बढी भोट ल्याएर प्रतिद्वन्द्वीलाई हराए

मंसिर २५, २०७४
चुनावी हस्ती–जसले आधा लाख भन्दा बढी भोट ल्याएर प्रतिद्वन्द्वीलाई हराए

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । 

१६५ निर्वाचन क्षेत्रका लागि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वाम गठवन्धनले अग्रता कायम गरेको छ भने नेपाली कांग्रेस कमजोर देखिएको छ । 

विजयी उम्मेदवारहरु मध्ये केहीले भने निर्वाचनमा आधा लाख(५० हजार) भन्दा धेरै मत पाएका छन् । यसरी ५० हजार भन्दा धेरै मत पाउनेमा वाम गठवन्धनका उम्मेदवारहरू छन् । 

क–कसले पाए ५० हजार भन्दा धेरै मत

केपी ओली
नेकपा एमालेका अध्यक्षसमेत रहेको केपी ओली झापा ५ बाट निर्वाचित भएका छन् । उनले ५७ हजार एक सय ३९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाए । 

सुरेन्द्र पाण्डे 
चितवन एकमा वाम गठवन्धनका तर्फबाट एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले ५१ हजार ०८० भोट पाए उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार तीन सय ६० मत पाए । 

गोकुल बास्कोटा
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का बाम गठवन्धनका लागि एमाले उम्मेदवार गोकुल बास्काेटाले ५४ हजार ४ सय २७ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी  मधु आचार्यले ३६ हजार ५ सय ७९ मत पाए । 

पार्वत गुरुङ
वाम गठवन्धनबाट दोलखामा उम्मेदवार रहेका एमाले नेता पार्वत गुरुङले ५५ हजार ४ सय ५७ मत पाए उनका निकटतम रुद्रबहादुर खड्का, कांग्रेस उम्मेदवारले २४ हजार ८ सय १३ मत पाए । 

सन्तकुमार थारु
बर्दिया दुईमा वाम गठवन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार सन्त कुमार थारुले ५० हजार ५ सय ५५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल दहितले ३६ हजार ७ सय ३५ मत पाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्