
नवलपरासी पूर्वमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
४७ वर्षीया गोमा पौडेलको हत्या गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका- ३ उदयटारी बस्ने ५० वर्षीय महेन्द्र पौडेललाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विषयलाई लिएर महेन्द्रले चक्कु प्रहार गरी गोमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।