०५ साउन २०८३, मंगलबार

ट्रम्पले पुटिनलाई रातो कार्पेटमा स्वागत गरेको देखेपछि युक्रेनी नागरिकमा फैलियो आक्रोश

साउन ३१, २०८२
काठमाडौं
ट्रम्पले पुटिनलाई रातो कार्पेटमा स्वागत गरेको देखेपछि युक्रेनी नागरिकमा फैलियो आक्रोश

अमेरिकाको अलास्कामा राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता शुरू भएसँगै युक्रेनमा व्यापक आक्रोश देखिएको छ ।

अमेरिकी भूमिमा पुटिनलाई ट्रम्प प्रशासनले दिएको रातो कार्पेट स्वागतले युक्रेनीहरू क्रुद्ध मात्र नभई घृणा र निराशाले भरिएका छन् ।

किभबाट रिपोर्टिङ गरिरहेका स्काई न्यूजका अन्तर्राष्ट्रिय मामिला सम्पादक डोमिनिक वाघोर्नले पुटिनको विमानको ढोकासम्म रातो कार्पेट ओछ्याउँदै गरेका अमेरिकी सैनिकहरूको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको बताएका छन् ।

उनले भने, 'सामाजिक सञ्जालमा मानिसहरू देखिरहेको दृश्यप्रति क्रोध, आक्रोश र घृणाले भरिएका टिप्पणी गर्दैछन् । यस्तो प्रकारका कार्यक्रमका लागि कुनै राष्ट्रप्रमुखलाई स्वागत गर्ने विभिन्न तरिका हुन्छन् । तर, ट्रम्पले पुटिनलाई भव्य स्वागत गरेका छन् । यो युक्रेनीहरूलाई अत्यन्तै अपच भएको छ ।'

पुटिनबारे कठोर प्रतिक्रिया दिएका एक युक्रेनी नागरिकको भनाइ उदृत गर्दै उनले भने, 'उनी भूभाग कब्जा गर्छन्, शहरहरू नष्ट गर्छन्, हत्या, बलात्कार, लुटपाट, अपहरण र यातना दिन्छन् । अनि, अन्ततः उनलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्