०२ साउन २०८३, शनिबार

आजदेखि पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल सस्तियो [सूचीसहित]

साउन ३१, २०८२
काठमाडौं
आजदेखि पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल सस्तियो [सूचीसहित]

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । यो नयाँ समायोजनसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो क्षेत्रमा पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६१ रुपैयाँ कायम भएको छ ।

यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ तोकिएको छ ।

निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेको छ । जसअनुसार सुर्खेत र दाङ डिपोअन्तर्गतका क्षेत्रमा पनि मूल्य समायोजन भएको छ ।

समायोजित नयाँ मूल्य शुक्रवार मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको भाउ बढेर आएको र डिजेलको मूल्य घटेर आएकाले सोही बमोजिम नेपालमा मूल्य समायोजन गरिएको निगमले उल्लेख गरेको छ ।
null

salt training

कमेन्ट गर्नुहोस्