२४ असार २०८३, बुधबार

इन्डोनेसियामा स्कूलको खाना खाएपछि ३६५ जना बिरामी

साउन ३१, २०८२
काठमाडौं
इन्डोनेसियामा स्कूलको खाना खाएपछि ३६५ जना बिरामी

इन्डोनेसियाको एक शहरमा स्कूलको खाना खाएपछि करिब ३६५ जना बिरामी परेका छन् । राष्ट्रपति प्रबोवो सुबियान्तोको नि:शुल्क खाना कार्यक्रममा खाद्य विषाक्तताको यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो ।

यो घटनापछि स्थानीय अधिकारीहरूले मध्य जाभाको सारागेनमा खाना वितरण अस्थायी रूपमा रोकेको बीबीसीले जनाउको छ । समाचार अनुसार खाना विषाक्तताको जाँच गर्न नमूनाहरू सङ्कलन गरिँदैछ।

राष्ट्रपतिले देशमा बौनापनलाई सम्बोधन गर्न निःशुल्क खाना उपलब्ध गराउने वाचा गरेका थिए । यस कार्यक्रमको अनुमानित लागत २८ अर्ब डलर छ। कार्यक्रमको उद्देश्य देशका ८ करोड स्कूले बालबालिकालाई खाना उपलब्ध गराउनु हो ।

सरकारले यस कार्यक्रममा धेरै पैसा खर्च गरिरहेको छ र यसका कारण धेरै मन्त्रालयहरूको बजेट कटौती गर्नु परेको छ।

यस वर्ष जनवरीमा यो महत्वाकांक्षी कार्यक्रम शुरू भएदेखि देशभर एक हजारभन्दा बढी मानिसहरू बिरामी परेका छन् । यसका कारण सरकारले आलोचनाको सामना पनि गर्नु परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्