१२ साउन २०८३, मंगलबार

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र सलहेश भिड्दै

साउन ३१, २०८२
ताप्लेजुङ
ताप्लेजुङ गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र सलहेश भिड्दै

अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलअन्तर्गत आज ललितपुरको चर्च ब्वाइज क्लब र सिरहाको सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु सात लाख दुई हजार र उपविजेताले रु तीन लाख ५० हजारसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्