०६ साउन २०८३, बुधबार

एभरेष्ट महिला भलिबल लिग : वीरगन्जमा ट्रफी अनावरण र मधेश युनाइटेडको जर्सी सार्वजनिक

साउन ३१, २०८२
काठमाडौं
एभरेष्ट महिला भलिबल लिग : वीरगन्जमा ट्रफी अनावरण र मधेश युनाइटेडको जर्सी सार्वजनिक

वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी वीरगन्जमा एक भव्य कार्यक्रमबीच अनावरण गरिएको छ ।

सोही अवसरमा प्रतियोगितामा सहभागी टोली मध्येको एक मधेश युनाइटेडको जर्सी पनि सार्वजनिक गरिएको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेस्डर नीति शाहले संयुक्त रूपमा ट्रफीको अनावरण गरेका हुन् । कार्यक्रममा मेयर सिंहले लिगको फ्रेन्चाइज टिम मधेश युनाइटेडको नयाँ जर्सी पनि सार्वजनिक गरे । उनले टोलीकी मार्की खेलाडी निरुता ठगुन्नालाई जर्सी हस्तान्तरण गरे ।

मधेश युनाइटेडका सञ्चालक शर्मिला थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा मेयर सिंहले मधेशमा भलिबल खेलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरे ।

null

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, मधेश युनाइटेडका सञ्चालक विशाल अग्रवाल, सञ्चालन प्रमुख खुशी शिवाकोटी, ब्रान्ड एम्बेस्डर नीति शाहलगायतले खेलकुदको महत्त्वमाथि प्रकाश पारेका थिए ।

यसपटक मधेश युनाइटेडले नेदरल्यान्ड्सका तीन जना प्रभावशाली खेलाडीलाई टोलीमा अनुबन्ध गरेको सञ्चालन प्रमुख शिवाकोटीले जानकारी दिइन् ।

मधेश युनाइटेडको टोलीमा खेलाडीको भूमिकामा निरुता ठगुन्ना (मार्की खेलाडी), आरती सुबेदी, कोपिला राणा, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहोरा, वसन्ती साउद र स्नेहा ठगुन्ना रहेका छन् । प्रशिक्षकमा कोपिला उप्रेती रहेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्