१९ असार २०८३, शुक्रबार

मेयरमा हारेका रहबरले प्रदेश सांसदमा पनि गर्न सकेनन् कमाल

मंसिर २५, २०७४
मेयरमा हारेका रहबरले प्रदेश सांसदमा पनि गर्न सकेनन् कमाल

वीरगन्ज, २५ मंसिर– असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित रहबर अन्सारी प्रदेशसभा निर्वाचनमा पनि पराजित भएका छन् । 

उनी पर्सा क्षेत्र नम्बर १ को (क) प्रदेशसभामा माओवादीबाट वामपन्थी गठवन्धनका साझा उम्मेदवार थिए । अन्सारी  अंसारी संघिय समाजवादी फोरम नेपालका जनत अंसारीसँग पराजित भएका हुन् । 

फोरमका अंसारीले ८ हजार ५ सय ९३ मत प्राप्त गरी विजय हासिल गर्दा  उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका रामनारयण प्रसाद कुर्मी बने । उनले ७ हजार १ सय ७१ मत प्राप्त गर्दा रहबर अन्सारीको पक्षमा भने ६ हजार ७ सय ९४ मत खस्यो । रहबर तेस्रो स्थानमै सीमित रहन पुगे । 

salt training

कमेन्ट गर्नुहोस्