१७ असार २०८३, बुधबार

साँफे-मार्तडी राजमार्ग सञ्चालनमा

साउन ३१, २०८२
बाजुरा
साँफे-मार्तडी राजमार्ग सञ्चालनमा

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे-मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।

जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका- ४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो ।

अहिले राजमार्गमा जेसीभीको सहयोगले पहिरो पन्छाएपछि यातायात शुरू भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्