१९ असार २०८३, शुक्रबार

भारतीय विदेश सचिव मिस्री भोलि नेपाल आउँदै

साउन ३१, २०८२
काठमाडौं
भारतीय विदेश सचिव मिस्री भोलि नेपाल आउँदै
फाइल फोटो

भारतीय विदेश सचिव विक्रम मिस्री भोलि आइतबार नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय समकक्षी मिस्री २ दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

भारतले छिमेकी पहिलो नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको छ । त्यसकै निरन्तरता स्वरूप विदेश सचिव मिस्रीको नेपाल भ्रमण हुन लागेको भारतीय दूतावासले जनाएको छ ।

विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने विश्वास लिइएको छ। 

भारत-नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ अन्तिममा भारत भ्रमण गर्ने तयारी छ । विदेश सचिव मिस्रीको नेपाल भ्रमणलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका रूपमा पनि लिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्