२९ असार २०८३, सोमबार

पाकिस्तानमा भीषण वर्षा, बाढी र पहिरोमा कम्तीमा ३२४ जनाको मृत्यु

साउन ३१, २०८२
काठमाडौं
पाकिस्तानमा भीषण वर्षा, बाढी र पहिरोमा कम्तीमा ३२४ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भीषण वर्षा, बाढी र पहिरोका कारण कम्तीमा ३२४ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले स्थानीय अधिकारीहरूको हवाला दिँदै दिएको जानकारीअनुसार पछिल्ला ४८ घण्टाभित्र मात्र यति ठूलो धनजनको क्षति भएको हो।

अचानक वर्षापछिको बाढी र पहिरोका कारण दर्जनौँ घर पुरिएका छन्। धेरै मानिस च्यापिएका र बाढीको पानीमा बगेर हराएका छन्।

बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढ्दै गएको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म करिब १३७ जना घाइते भएको पुष्टि भएको छ।

दुर्घटनापछि उद्धार कार्य भइरहेको भए पनि स्थानीय प्रशासनका अनुसार उद्धारकर्तालाई शव निकाल्न निकै कठिनाइ भएको छ।

खैबर पख्तुनख्वा प्रान्त पाकिस्तानको सबैभन्दा प्रभावित क्षेत्र बनेको छ। भीषण वर्षा अझै रोकिएको छैन र मौसम पूर्वानुमान विभागले थप वर्षाको चेतावनी दिएको छ।

यसअघि पनि पाकिस्तानमा बाढी र पहिरोले ठुलो क्षति पुर्‍याउँदै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्